काठमाडौँ – शुक्रबार बिहान तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर–६ का अन्दाजी ३२÷३३ वर्षका सुमन केसीको मृत्यु भएको हो ।
आज बिहान करिब चार बजेतिर गाडीले ठक्कर दिएर घाइते भएका केसीलाई राप्ती प्राले जनाएको छ । शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।
घटनापछि मृतकका आफन्तले दोषीको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर–हापुरे सडकखण्ड अवरुद्ध गरेका छन् । ठक्कर दिने गाडीको पत्ता लागेको छैन । गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया