समाचार

एसएसपी सिंहमाथि २ करोड चेक अनियमितताको विषयमा छानबिन सुरु


काठमाडौँ — नेपाल प्रहरीका एसएसपी अशोक सिंहमाथि चेक अनियमितताको आरोपमा छानबिन सुरु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुख हुँदा चेक अनियमिततामा मिलेमतोको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको हो । डीआईजी राजेशलाल कर्णको संयोजकत्वमा गठित छानबिन समितिमा एसपी आभूषण तिम्सिना र डीएसपी सन्तोष तामाङ छन्।

सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए । गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको हो ।