समाचार

चन्द्रागिरिमा युवकको शव फेला


काठमाडौँ — काठमाडौँको चन्द्रागिरिमा एक व्यक्तिको शव फेला परेको छ । महानगरीय प्रहरी परिसरका अनुसार चन्द्रागिरि–४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको हो ।

बिहीबार बिहान स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको छ । फरेन्सिक चिकित्सकसहितको टोलीले घटना अनुसन्धान गरिरहेको छ ।