समाचार

सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ


काठमाडौँ — सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो ।

प्रहरीले बुधबार बेलुका सुवेदीलाई विराटनगरबाट पक्राउ गरेको हो । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो ।