देश

भोलि तमु ल्होसारको सार्वजनिक विदा दिने सरकारको निर्णय


काठमाडौँ – सरकारले भोलि (बिहीबार) सार्वजनिक दिने निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गुरुङ समूदायले मनाउने तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार ल्होसारका अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगहरुमा समेत सार्वजनिक विदा दिने मन्त्रिपरिषदले निर्णय गरेको छ ।