समाचार

चोरी गर्दै हिँड्ने समूहका ६ जना पक्राउ


काठमाडौँ — प्रहरीले रातिको समयमा ट्याक्सी प्रयोग गरेर विभिन्न सहकारी र कारखानामा चोरी गर्ने समूहका ६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले पुस १२ गते साँझ काठमाडौँ महानगरपालिका-१२ बुद्धनगरबाट चोरी गरेका सामान र ती सामान खरीद गर्ने कवाडी पसल सञ्चालकलाई पक्राउ गरेको हो ।