देश

भूकम्प प्रतिरोधी भवन बनाउन गृहमन्त्रीको आग्रह


काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले ग्रामिण भेगमा भवन निर्माण तिव्र हुन थालेको भन्दै भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप बनाउन आग्रह गर्नु भएको छ । आज २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ग्रामिण भेगमा पनि भुकम्प प्रतिरोधी भवन निर्माण गर्नु आवश्यक रहेको बताउनुभएको हो ।

शहरी क्षेत्रमा ठूला भवनहरु र विद्यालयका भवनहरु बनाउँदा सरकारले तोकेको मापदण्ड पालना भइरहेको उल्लेख गर्दै उहाँले ग्रामिण भेगमा पनि सरकारले तोकेको मापदण्ड पालना गरेर भवन निर्माण गर्न सम्बन्धित निकायलाई सचेत गराउनु भएको हो । ग्रामिण भेगमा जनसंख्या वृद्धि भएसँगै तिव्र गतिमा भवन निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको उहाँको भनाई छ ।

गृहमन्त्री खाँणले यस वर्षको २४ औँ भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रम भन्दापनि शन्देशमूलक कार्यक्रमको रुपमा मनाउन निर्देशन दिनुभएको छ ।