राजनीति

सिरहामा निषेधाज्ञा भोलि बिहान ५ बजेदेखि खुल्ने, सिके राउतका १८ कार्यकर्ता रिहा


काठमाडौँ — सिरहामा जारी निषेधाज्ञा भोलि बिहान ५ बजेदेखि खुल्ने भएको छ । जिल्लामा तोडफोड बढेपछि निषेधाज्ञा जारी गरिएको थियो ।

आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई समेत प्रशासनले रिहा गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए ।

यसैगरी जिल्ला अदालत धनुषाको आदेशमा मिथिलेश यादवलाई साधारण तारिखमा रिहा गरेको उनले जानकारी दिए । औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीउ लुटेको आरोपमा यादव पक्राउ परेका थिए । औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो ।