समाचार

जाडो बढेपछि मनाङमा पठनपाठन अवरुद्व


काठमाडौँ –यस वर्ष जाडो मौसम अत्याधिक बढेछि मनाङमा शिक्षण संस्था बन्द गर्नुपरेको छ । जाडो शुरू भएसँगै मंसिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थालेको थियो ।

चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । यसवर्ष कतै त्रैमासिक र कतै अद्र्यवार्षिक परीक्षा मात्रै सकिएको छ । तर परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । हिउँ नपरे फागुन १५ र परे चैत १ बाट विद्यालय खुला गर्ने निर्णय भएको छ । आधारभूत तहका विद्यालय मंसिर २० गतेबाटै बन्द गरिएको छ ।

यसवर्ष शैक्षिक सत्रको ४ महिना पछाडि धकेलिएको छ । कतिपय विद्यालयमा पुस १ गतेबाट लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ । मनाङमा चार माध्यमिक, नौ आधारभूत र १३ प्राथमिक (आधारभूत) गरी कूल २६ वटा सामुदायिक विद्यालय छन् । शिक्षक टाढाटाढाबाट आउने÷जाने गर्नुपर्ने भएकाले बिदाको समयबाहेक अन्य समय समेत थप गरी मनाङको पढाइ प्रभावित हुँदै आएको छ ।