देश

विश्व सरसफाई अभियन्ताद्वारा रानीपोखरी सरसफाई अभियान शुरु


काठमाडौँ – विश्व सरसफाई अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान शुरु गरेका छन् । पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान शुरु गरेका हुन् ।

रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाई कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिनुभयो । अभियन्ता मानवले काठमाडौं यति धेरै अव्यवस्थित र फोहोरी कसरी भयो भन्ने बारेमा छलफल गरेर सरसफाईका कार्यक्रमलाई अघि बढाउनु पर्ने बताउनु भयो ।

यता काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ । केहि साना संरचनाको निर्माणको काम सम्पन्न भएपछि छिट्टै खुल्ला गर्ने बताइएको छ ।