समाचार

दुई सय मिटरको दुईभित्र किशोर–किशोरी झुण्डिएको अवस्थामा भेटिए


काठमाडौँ – सुदूरपश्चिमी जिल्ला कैलालीमा १६ वर्षकी किशोरी र १९ वर्षका किशोर झुण्डिएको अवस्थमा मृत फेला परेका छन् । यी दुईको शव आइतबार साँझ फेला परेको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–३ की सुञ्जु चौधरी आफ्नै घरमा र सोही स्थानका मायाराम चौधरी दुई सय मिटरको दुरीमा रहेको रुखमा झुण्डिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताएका छन् । घटना रात परिसकेपछि भएकोले गर्दा थप कुरा बुझ्न नसकिएको र प्रहरी अनुसन्धानकै क्रममा रहेको जोशीले जानकारी दिए ।

मृतक सञ्जुको बुबा खुसीराम चौधरी र मायारामका बुबा बाँधुराम चौधरीका अनुसार दुवै परिवार गौरीगंगास्थित जुनेली शिविरमा बस्दै आएका थिए । गौरीगंगा नगरपालिका–३ का वडाध्यक्ष जगतराम चौधरीले पनि प्रहरी अनुसन्धानबाट मृत्युको कारण पत्ता लाग्ने विश्वास व्यक्त गरे ।