राजनीति

राष्ट्रिय सभा निर्वाचनबारे सुरक्षा समितिमा छलफल


काठमाडौँ — सुरक्षा समितिको बैठकमा राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको हो । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको उक्त बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे छलफल भएको छ ।

बैठकमा गृहमन्त्री खाँण, गृह सचिव पाण्डे, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइराला लगायत सहभागि थिए ।

आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदैछ ।