काठमाडौँ – जनकपुरधाममा १४ महिने बालकको अपहरण गरेर भारत तर्फ भाग्दै गरेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन् । स्थायी घर भारत भए पनि जनकपुरमा नै डेरा गरि बस्ने २५ वर्षीय सुरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधवार साँझ अन्दाजी ७ बजे जनकपुरधाम उपमहानगरपलिका १७ स्थित मनहरपुर बस्ने रासलाल मुखियाको घर अगाडिको सार्वजनिक बाटोबाट उनका १४ महिने छोरा कृष्ण मुखिया हराएका थिए । त्यसलगत्तै रासलालले धनुषा प्रहरीमा जानकारी गराएका थिए ।
ठाकुरको स्थायी घर भारत बिहारस्थित सितामढी ग्राम पञ्चायत बाजपट्टी १० मा हो । उनी अहिले जनकपुरधाम उपमहानगरपालिका १६ मा पर्ने पुलचोकस्थित डेरामा बस्ने धनुषा प्रहरीले जनाएको छ ।


प्रतिक्रिया