समाचार

हिटर र ग्याँस-गिजर प्रयोग गर्नुहुन्छ ? सावधान, ज्यान जाला ! कसरी लिन्छ ज्यान ? (भिडियोसहित)


काठमाडौँ — जाडो मौसममा हिटर तथा अन्य कोइलाजन्य उपकरणको प्रयोग अत्याधिक हुने गर्दछ । शहरी क्षेत्रमा जाडोको समयमा गिजरको प्रयोग अनिवार्य जस्तै बनेको छ । आफ्नो सहजताका लागि प्रयोग गर्ने यस्ता उपकरणको प्रयोगमा सावधानी नपनाउँदा मानिसको ज्यान समेत जाने गरेको छ । यस्ता दुर्घटनाबाट जोगिन के गर्ने कसरी सावधानी अपनाउने त ?

सोमबार काठमाडौंको बागबजारमा रहेको काठमाडौं मोडेल कलेज (केएमसी)को होस्टेलमा कक्षा १२ मा अध्यनरत सुशील साहनीको मुत्यु भयो । होस्टेलको बाथरूममा नुहाउने क्रममा बेहोस भएका उनी उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्युवरण गरे । बाथरुममा उचित भेन्टिलेसन नहुँदा निसास्एिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । होस्टेलले लापारवाहि गरेको भन्दै विद्यार्थीहरुको विरोधका कारण केएमसी तनावग्रष्त बन्यो ।

पौष १ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत स्टाप नर्स अनुपमा श्रेष्ठ कोठाको बाथरुपमा नुहाउने क्रममा बेहोस भईन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्य भयो । यी त केहि प्रतिनिधि घटनाहरु मात्र हुन्,यस्ता घटनाहरु हाम्रो टोल छिमेकमा प्रशस्तै घट्ने गरेका छन् । ग्यास गिजरहरुको प्रयोग गर्न नजानेर भन्दा पनि प्रयोगकर्ताहरुको लापरवाहिका कारण यस्ता घटनाहरु घट्ने गरेको व्यवसायीहरु बताउँछन ।

जाडो छल्न अपनाइने यस्ता उपायहरु मानव स्वास्थ्यका लागि घातक बनिरहेको छ । नुहाउन बाथरुम छिर्दा झ्याल ढोका लगाएर ग्यास गिजर खोल्ने गरिन्छ । ग्यास गिजरबाट कार्बन मोनोअक्साइडको मात्रा शरीरमा बढ्दै जाने, शरीरमा अक्सिजन कमी हुँदै शरीरका कोष मर्दै जाँदा मानिस बेहोस हुने चिकित्सकहरु बताउँछन । गिजर खुला गरेर लामो समय बाथरुममा नबस्न चिकित्सकको सुझाव छ ।

जाडो मौसम शुरु हुनसाथ बजारमा विभिन्न ब्राण्डका गिजार किनवेच हुने गर्दछन् । आफ्नो आवश्यकता अनुसारको सामान प्रयोग गर्नु स्वभाविक हो । तर हामीले आफ्नो दैनिकीलाई सहज बनाउन प्रयोग गरिने यस्ता उपकरणहरु हाम्रा लागि प्राण घातक पनि बन्न सक्छन् भन्ने विषयमा सचेत रहनुपर्दछ । त्यसैले यस्ता उपकरणहरुको प्रयोगमा सतर्कता अपनाउनुको विकल्प छैन ।