समाचार

एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला


काठमाडौँ — नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।  प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट हुन्  । प्रहरीले उनको मृत्यु संकास्पद भएकाले मृत्युबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।