समाचार

उच्च शिक्षाबारे बुझ्नु छ ? सुरु भयो शैक्षिक मेला (भिडियोसहित)


काठमाडौँ — उच्च शिक्षा लिन चाहने विद्याथीहरुका लागि काठमाडौँमा शैक्षिक मेला सुरु भएको छ । स्वदेशमै शिक्षा सबैको इच्छा भन्ने मुख्य उद्देश्यका साथ स्टडी इन नेपालको आयोजनामा मेला सुरु भएको हो । उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरेर दुई दिने शैक्षिक मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

कक्षा १० उत्रिन गरेपछि अधिकाश विद्यार्थीहरुलाई तनाव हुन्छ, कहाँ पढ्ने, के पढ्ने, कसरी पढ्ने ? पढ्नका लागि शिक्षालयको कमी छैन । बिषय पनि छानीछानी उपलब्ध छन् । तर, आफ्नो लक्ष्य हासिल गर्न कुन बिषय पढ्ने, कहाँ पढ्ने भन्ने प्रश्नले बिद्यार्थीलाई सधै सताइरहेको हुन्छ । यस्तो अवस्थामा अन्योलमा परेका विद्यार्थीहरुलाई उपयुक्त मार्गनिर्दशनको आवश्यक पर्छ ।

यसलाई नै मध्यनजर गरेर काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा स्टडी इन नेपाल शैक्षिक मेला सुरु भएको छ । मेलाको मुख्य आयोजक भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कम रहेको छ । मेलाबाट नेपालमै अन्तराष्ट्रिय शिक्षाका लागि विद्यार्थीहरुले निशुल्क परार्मश लिन पाउने छन् । लामो समय कोरोनाका कारण गुम्सिएर बस्न बाध्य भएका विद्यार्थीहरु शैक्षिक मेलामा आर्कषित भएको आयोजक बताउछन् ।

प्लस टु सिध्याएर ब्याच्लर अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि काठमाडौं उपत्यकामा भएका कलेजहरु एकै स्थानमा भेला भएर निशुल्क परामर्श दिइरहेका छन् । कतिपय विद्यार्थीहरु नेपालमा गुणस्तरिय शिक्षा नभएको भन्दै पढ्नको लागि नै विदेशिन बाध्य भएका छन् ।यसलाई नै मध्यनजर गरेर शैक्षिक मेलाको आयोजना गरिएको आयोजकले बताएका छन् ।

काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा सुरु भएको शैक्षिक मेला शुक्रबार सकिनेछ । मेलाका ५२ वटा कलेजहरु सहभागी भएका छन् । स्नातक शिक्षा कुन कलेजबाट लिने भन्ने विषयमा मात्र होइन, कुन बिषय आफ्नोलागि बढी अनुकुल छ भन्ने कुराको परामर्श पनि मेलाबाट प्राप्त गर्नेछन् ।

२ दिने यो मेला बिहान १० बजेदेखि साझ ६ बजेसम्म चल्ने छ । मेलामा काठमाडौं, त्रिभुवन, पोखरा, पुर्वाञ्चल, मध्यपश्चिमाञ्चल साथै अन्तराष्टिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेहरुले विद्यार्थीहरुलाई निशुल्क परार्मश दिईरहेका छन् । मबिबिए, बिएसी, बिएचएम लगायतका कोर्ष अध्ययन गर्न चाहने विद्यार्थीले मेलाबाट फाइदा उठाउँन सक्नेछन् ।