काठमाडौँ — लोखिम सरोकार समाजले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमस्थित दुई वटा विद्यालयमा स्कूल ब्याग (झोला) वितरण गरेको छ । समाजले बुधबार (आज) लोखिमस्थित जनसेवा मावि–गोपे र जलकुण्ड आधारभुत विद्यालय–छिवामा स्कूल ब्याग वितरण गरेको हो ।
समाजका अध्यक्ष गेल्जेन शेर्पाले जनसेवा मावि–गोपेमा अध्ययनरत प्राविसम्मका १ सय २१ जना विद्यार्थी र जलकुण्ड आधारभुत विद्यालय–छिवामा अध्ययनरत २९ जना विद्यार्थीहरुलाई झोला (स्कूल ब्याग) वितरण गरिएको जानकारी गराए ।
समाजका अध्यक्ष गेल्जेन शेर्पाका अनुसार जलकुण्ड आधारभुत विद्यालय–छिवामा भने सपोर्ट एजुकेशन–नेपालसँगको सहकार्यमा झोला वितरण गरिएको हो । झोला वितरण कार्यक्रमको अवसरमा जनसेवा मावि–गोपेमा अध्ययनरत दुई जना विद्यार्थीको आर्थिक अवस्था नाजुक भएकाले स्कूल ड्रेस किन्नका लागि समाजका उपाध्यक्ष भक्त विश्वकर्माले प्रतिब्यक्ति १५ हजारका दरले ३० हजार सहयोग गरेका थिए ।
जनसेवा मावि–गोपेका प्रधानाध्यापक गोकुल खुलालले लोखिम सरोकार समाजको कामको प्रसंसा गर्दै धन्यवाद ज्ञापन गरे । त्यस्तै विब्यास अध्यक्ष सोम कुमार तामाङले पनि आगामी दिनमा समाजको निरन्तर सहयोग रहने अपेक्षा गर्दै धन्यवाद ज्ञापन गरे । यसका साथै उनले आगामी दिनहरुमा सबै जना मिलेर एकसाथ काम गर्नुपर्ने बताए ।
त्यस्तै जलकुण्ड आधारभुत विद्यालय–छिवाका प्रधानाध्यापक डिल्ली गुरुङ र विब्यास अध्यक्ष चक्र तामाङले पनि सपोर्ट एजुकेशन–नेपाल र लोखिम सरोकार समाजले निःस्वार्थ भावले गरेको कामको प्रसंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने अपेक्षा गरे ।
किताब बोक्ने नयाँ झोला पाएपछि सम्पूर्ण विद्यार्थीहरु हर्षित देखिएका थिए । उक्त झोला वितरण कार्यक्रमा समाजका अध्यक्ष गेल्जेन शेर्पा, निवर्तमान अध्यक्ष भलकाजी राई, उपाध्यक्ष भक्त वि.क र शिक्षक–शिक्षिका, अभिभावकहरु तथा विद्यार्थीहरुको सहभागिता थियो ।
प्रतिक्रिया