काठमाडौँ – बुधबार चार सयले घटेको सुनको मूल्य आज सात सयले बढेको छ । हिजो प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज ९३ हजार ३०० रुपैयाँ पुगेको छ ।
मंगलबार भने ९३ हजारमा कारोबार भएको सुनमा बुधबार चार सयले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
प्रतिक्रिया