देश

एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाँण


काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताउनुभएको छ । जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ति सरकारकै पालामा सुरु भएको भन्दै यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको बताउनुभयो ।

गृहमन्त्री खाँणले एमसीसीको प्रस्ताव देशको विकासका लागि नेपाल सरकारले नै अघि बढाएको पनि बताउनुभयो । उहाँले एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पार्नुभयो । सरकारले नेपालको विद्युतिकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना आएको उहाँले बताउनुभयो ।