समाचार

अब चितवन बाँदरझुलाका सुकुम्बासीले पाउलान त लालपूर्जा ?


काठमाडौँ — राष्ट्रिय भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीन बुँदे सहमित भएको छ । सहमितसँगै चितवनको माडी नगरपालिका–९ बाँदरझुलाका जनताको लालपूर्जा प्राप्तिको आन्दोलन स्थगित गर्ने भएका छन् । के अब बाँदरझुलाका सुकुम्बासीको माग पुरा होला त ?

लामो संघर्ष गर्दा पनि बाँदरझुलामा बसोबास गर्दै आएका सुकुम्बासीहरुले लालपूर्जा पाएका थिएनन् । लामो समयदेखि बस्दै आएको कागजात र प्रमाणहरु उनीहरुसंग छ । तर, पनि उनीहरु बाध्य भएर माइतीघर मण्डलामा यो पौषको जाडोमा पनि धर्ना दिन बाध्य भएका हुन् ।

उनीहरुलाई नेताहरुले पटक पटक आश्वासन पनि दिदै आए । माओवादीका अध्यक्ष प्रचण्ड त झन तीन पटक बस्तीमै पुगे । तर पनि बाँदरझुलाका सुकुम्बासीले लालपुर्जा पाएनन् । यतिमात्रै होइन, ३० वर्ष यता भूमिहिन तथा सुकुम्बासीको नाममा दर्जनौ आयोग बने, ती आयोगमा दलका इमान्दार कार्यकर्ता आए, जागिर खाए, र फर्किए ।

भूमिहिन र सुकुम्बासीको नाउँमा राजनीति गर्दै आएकाहरुको जीवन फेरियो तर, उनीहरुको माग पुरा हुन सकेन । त्यसैले उनीहरु माइतीघरमण्डलमा आउन बाध्य भएका हुन् । मंगलबार राष्ट्रिय भूमि आयोग र बाँदरझुला संघर्ष समितिबीच तीन बुँदे सहमित पनि भएको छ । तर पनि माग पूरा हुनेमा उनीहरु विश्वस्थ हुन सकेका छैनन् ।

बाँदरझुलामा ०४७ सालपछि मानिसहरु पुगेर बस्ती बसाएका थिए । नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक–पटक आन्दोलन गरे पनि उनीहरुको माग पुरा भएको थिएन् । सुकुम्बासीको समस्य लामो समय देखि रहि आएको हुनाले राज्यले उनीहरुको समस्यको समाधान गनुपर्ने मानव अधिकारकर्मीहरु बताउछन् ।

बाँदरझुलाका सुकुम्बासी जनताले बाच्न पाउनु पर्ने अधिकार रहेको छ । बस्तीका आँगो लगानउने विगत ८ वर्ष देखि घुुरी कर बुझाएको प्रमाण पनि छ । यो विषयमा नगरपालिकाले पनि न्याय दिन सकेन । अहिले भूमि आयोगसँग जसो तसो सहमति त भएको छ । तर कार्यान्वयनको ज्ञारेन्टी नहुँदा आन्दोलनकर्मी विश्वस्थ हुन सकेका छन् ।