राजनीति

भूमि आयोग र बाँदरझुलावासीबीच ३ बुँदे सहमति, आन्दोलन रोकिने


काठमाडौँ — चितवन माडीको बाँदरझुलावासीको समस्या सम्बोधन गर्न सरकार तयार भएको छ । मंगलबार चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच भएको छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको हो ।

सहमितसँगै चितवनको माडी नगरपालिका–९ बाँदरझुलाका जनताको लालपूर्जा प्राप्तिको आन्दोलन स्थगित गर्ने सहमति भएको संघर्ष समितिका जगराम प्रजाले जानकारी दिए ।