समाज

झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला



काठमाडौँ – भक्तपुरमा झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

रामेछापको लिखु गाउँपालिका-४ घर भएका ४० वर्षीय बसन्त बस्नेत सोमबार राति झुन्डिएर मृत अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बस्नेत चाँगुनारायण नगरपालिका – ९ ताथलीस्थित धाराकुलोमा रहेको आफ्नै घरको दोस्रो तलामा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परका थिए । घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।