समाचार

मल अभाव कहिलेसम्म ? सरकारको आश्वासन कार्यान्वयन भएन


काठमाडौँ – नेपालमा मल अभावको समस्या समाधान हुन सकेको छैन । खेतिपाती गर्ने हरेक सिजनमा मल नपाएर किसान समस्यामा पर्ने गरेका छन् ।

यतिबेला पनि मल अभावको समस्या चुलिएको छ । सरकारले पटक पटक मल अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे पनि कायान्वयन हुन सक्दैन । यतिबेला किसानका लागि यतिबेला गहुँ, तरकारी, दालबाली, तेलहनबाली, उखुबाली लगाउने सिजन हो । तर बाली लगाउने सिजनमा बजारमा रासायनिक मलको हाहाकार भएको छ । सरकारले समस्या नरहेको दाबी गरिरहको छ ।

तापनि देशभरका किसानले मलको चरम अभाव खेप्नुपर्दा मर्कामा परेका छन् । गतवर्षको तथ्याँक हेर्दा यो वर्ष हिउँदका लागि १ लाखभन्दा माथि एक लाख ३० हजार मेट्रिकटनसम्म रासायनिक मलको माग हुने देखिएको छ । तर त्यसको व्यवस्थापन गर्न सरकार असफल भएको छ ।