देश

बानेश्‍वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा लागेको आगो नियन्त्रणमा


काठमाडौँ – नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार आगो लागेको झण्डै डेढ घण्टामा आगो निभाउन सफल भएको हो ।

काठमाडौँ महानगरपालिकाका दुई वटा र ललितपुर र भक्तपुरका एक–एक गरेर चार वटा दमकल प्रयोग गरेर आगो निभाइएको प्रहरीले जनाएको छ । दिउँसो साढे तीन बजेतिर विद्युत सर्ट भएर आगलागी भएको थियो । इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको थियो ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकाय परिचालन गरिएको थियो । आगलागीबाट जलेर जीम सेन्टरमा पूर्ण रूपमा क्षति पुगेको छ ।