बिजनेस

देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुन्छ : सुरेन्द्र पाण्डे


काठमाडौँ – नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको वर्तमान राजनीतिक र आर्थिक संकटको समाधान निर्वाचनबाटै हुने बताउनुभएको छ ।

सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले राजनीतिक र आर्थिक रूपले देशको स्थिति गम्भीर अवस्थामा पुगिसकेको बताउनुभएको हो । देशको तीनवटै प्रणाली काम गर्न नसक्ने अवस्थामा पुगेको भन्दै उहाँले वर्तमान संकटको समाधान लोकतान्त्रिक प्रणालीबाट नखोजिए गम्भीर संकट पैदा हुने भन्दै वर्तमान संकटको समाधान निर्वाचनबाटै हुने बताउनुभयो ।

आयात तीव्र रूपमा बढेर व्यापार घाटा चुलिएको र रेमिट्यान्स घटेको भन्दै उहाँले अर्थतन्त्रका सबै इन्डिकेटर खराब भइसकेको बताउनुभयो । सरकारले भर्खर मात्रै ४० अर्ब ऋण लिन खोजेको भन्दै त्यसले मात्रै नपुग्ने उहाँले बताउनुभयो ।