समाचार

सिरहामा २ समूहबीचको झडपमा युवकको मृत्यु


काठमाडौँ — सिरहाको गोलबजारमा दुई समूहबीचको झडपमा एक युवकको मृत्यु भएको छ ।

गोलबजार नगरपालिका-६ गोलबजारमा शनिबार राति दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट स्थानीय २६ वर्षका रामकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार शनिबार राति पौने ८ बजेतिर भएको झडपका क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका निकेश सदाको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको डीएसपी बुढाथोकीले बताए ।