समाचार

आज किरात समुदायको उधौली पर्व,यसै अवसरमा आज सार्वजनिक बिदा


काठमडौँ – किरात समुदायले आज धुमधामका साथ उधौली पर्व मनाउँदै छन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर, राईले सकेला र लिम्बू समुदायले चासोक तङ्नामका नाममा उधौली पर्व मनाउँछन् ।

आजको दिन किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि कुलदेवतालाई चढाई खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन् । बालीनाली राम्रो गराइदिएकोमा प्रकृतिलाई धन्यवाद दिँदै पूजा गर्ने प्रचलन छ । भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर परम्परागत बाजागाजाको तालमा नाच्दै सामूहिक रुपमा पर्व मनाउने प्रचलन छ ।

यस्तै, घरघरमा मिठो परिकार पकाएर खाने, आफन्तकहाँ जाने प्रचलन पनि छ । उधौली पर्वका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।