मौसम

देशभर चिसो बढ्यो, काठमाडौँको तापक्रम ३ डिग्री


काठमाडौँ — काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम आज ३ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार न्युनतम तापक्रम घट्ने क्रममा रहेको छ ।

शुक्रबार न्युनतम तापक्रम ३ दशमलव ४ डिग्री रहेकोमा आज बिहानको तापक्रम ३ डिग्री मापन भएको छ । काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ । शनिबारबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ ।

महाशाखाका अनुसार आज बिहान कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज दिउँसो कर्णाली, गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।