काठमाडौँ – बिहीबार राति रुपन्देहीको लुम्बिनी नगरपालिकामा आगो लाँग्दा १२ वटा पसल जलेर नष्ट भएका छन् । चिसो छल्नका लागि बालेको आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको सबै पसल पर्यटक लक्षित भएको हुँदा आगलागीबाट ७० लाखभन्दा बढी रुपैयाँको क्षति भएको छ । आगो लाग्दा पसलमा भएको माला, मूर्ति, हस्तकलालगायतका सामान जलेको छ ।


प्रतिक्रिया