समाचार

योहो टेलिभिजनका समाचार प्रमुख भण्डारी सम्मानित


काठमाडौँ — काठमाडौँस्थित मनास्लु वल्र्ड कलेजले योहो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीलाई सम्मान गरेको छ ।

पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा बढि समय अहोरात्र विताउनुभएका भण्डारी मनास्लु वल्र्ड कलेजद्धारा सम्मानित हुनुभएको हो ।

नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा १२ कक्षा सकेका विद्यार्थीलाई विदाईका लागि आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भण्डारीलाई पत्रकारिताको क्षेत्रबाट शिक्षा तथा समाज उन्नयनका लागि पुर्याउनुभएको योगदानलाई कदर गर्दै सम्मान गरिएको कलेजका अध्यक्ष गेन्द्र लामाले जानकारी दिनुभयो । भण्डारी योहो टेलिभिजनको समाचार प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ ।

टंकप्रसाद रमादेवी पाठक पुरस्कार योहो टेलिभिजनका समाचार प्रमुख भण्डारीलाई