समाचार

काठमाडौँको एआइटीएम कलेजले गर्यो विद्यार्थीलाई दिक्षित


काठमाडौँ – काठमाडौँको एआइटीएम कलेजले आफ्नो कलेजबाट अन्तर्राष्ट्रिय होटल तथा पर्यटन व्यवस्थापनमा स्नातक तह उत्र्तिण गरेका विद्यार्थीलाई दिक्षित गराएको छ ।

एसियन इस्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआइटीएम) कलेजले होटल व्यवस्थापन सम्बन्धी अध्ययनमा स्नातकोत्तर पुरा गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको हो । यस कलेजमा अध्ययन गरेका ६० विद्यार्थी दिक्षित गराइएको कलेजका प्रमुख बजार व्यवस्थापक सुनिल बुढाथोकीले जानकारी दिनुभयो ।