राजनीति

निधिको प्यानलबाट राजाराम कार्की महामन्त्रीमा


काठमाडौँ – कांग्रेस नेता राजाराम कार्कीले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । पूर्वसांसद समेत रहेका कार्कीले सभापतिका उम्मेदवार विमलेन्द्र निधिको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।

२०३० सालमा नेविसंघ धादिङको जिल्ला सभापति बनेका कार्की तरुण दलका पूर्वमहामन्त्री पनि हुन् । उनी महाराजगञ्ज मेडिकल क्याम्पसका पूर्वस्ववियु सभापति र इकाई अध्यक्ष समेत रहेका थिए ।

कांग्रेसलाई जनतामाथि शासन गर्ने पार्टी होइन जनताको सेवा गर्ने पार्टी बनाउनको लागि आफूले महामन्त्रीमा उम्मेदवारी दिएको कार्कीले बताए ।

उनले ४८ वर्ष पार्टीमा लामो संघर्ष गरेको तर जन्मेको स्थानमा आजसम्म चुनावमा लड्न पार्टीले टिकट नदिएको भन्दै दुखेसो पोख्दै आएका छन् । पार्टीभित्र सही मानिसको छनोट गर्न आफूले भूमिका खेल्ने कार्कीले बताए ।