देश

बारले आन्दोलन फिर्ता लिँदा राम्रो हुने महासेठको भनाई


काठमाडौँ – नेकपा एमालेका नेता रघुवीर महासेठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएशन नेतृत्वको कानुन व्यवसायीहरुको आन्दोलनको कार्यक्रम फिर्ता लिँदा राम्रो हुने टिप्पणी गर्नु भएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका नेता महासेठले प्रधानन्यायाधीश जबरा एउटाले राजीनामा दिँदैमा न्यायालय सुध्रिने अवस्था नभएको भन्दै सो आन्दोलन नेपाल बारले फिर्ता लिँदा राम्रो हुने बताउनु भएको हो ।

शनिबारबाट भक्तपुरको गठ्ठाघरमा सुरुभएको पार्टी केन्द्रिय कमिटीको बैठकमा भाग लिने क्रममा उहाँले सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानन्यायाधीश जबरामात्रै नभई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल भएका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने तर्क पनि बताउनु भयो । संसदमा महाअभियोग लगाउने हो भने पनि देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल सबै न्यायाधीशहरुलाई लगाउनुपर्ने उहाँको भनाई थियो ।

नेता महासेठले सत्ता पक्षले प्रस्ताव ल्याएपछि मात्रै एमसीसी के गर्ने भन्ने बारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने बताउनु भयो ।