देश

एमालेका नेता बोहोरा अध्यक्षमा चयन


नेकपा एमालेका नेता अमृतकुमार बोहोरा पार्टीको केन्द्रिय सल्लाहकार परिषद्को अध्यक्ष हुनु भएको छ । आज भक्तपुरको गठ्ठाघरमा सुरुभएको पार्टी केन्द्रिय कमिटीको दोस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा नेता बोहोरा सो परिषदको अध्यक्षमा चयन हुनु भएको हो ।

अध्यक्षमा चयन भएलगत्तै उहाँले अध्यक्ष ओलीबाट पद तथा गोपनियताको शपथ लिनु भयो । पूर्वमन्त्रीसमेत रहनु भएका बोहोरा ७० वर्षे उमेर हदका कारण पार्टीको कन्द्रिय कमिटीमा नेतृत्वका लागि दावी गर्न पाउनु भएको थिएन । नवौं महाधिवेशनमा उहाँ पार्टीको केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।