देश

आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने गरी काम गर्न ओलीको निर्देशन


काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भएको छ । भक्तपुरको गठ्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रिय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अन्य पार्टीबाट प्रवेश गर्नेहरुको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

अध्यक्ष ओलीले जनता आफ्नो पार्टीको साथमा रहेकाले आगामी निर्वाचनमा विजयी हुनका लागि पार्टीले कुनै पनि मोर्चाबन्दी गरिरहन नपर्ने दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले आगामी निर्वाचनलाई ध्यानमा राखेर सुदुढ र विस्तृत संगठन निर्माणको काममा ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । उहाँले पार्टी मातहतका सबै जनवर्गीय संगठनहरुलाई अविलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिनु भयो ।