राजनीति

महाधिवेशनका लागि शेखरको टिम तयार


काठमाडौँ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको दाबेदार रहेका शेखर कोइरालाको टीम तयार भएको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् ।

महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ । यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम फाइनल भएको छ ।