राजनीति

सिंहको अवधारणापत्र सार्वजनिक


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्दै अवधारणपत्र सार्वजनिक गर्नुभएको छ । शनिवार उम्मेदवारी घोषणा सभा तथा अवधारणापत्र सार्वजनिक गर्दै नेता सिंहले कांग्रेस सभापतिका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणा गर्दै सिंहले १३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालभरी पार्टीको विधान अनुसार गर्नुपर्ने न्यूनतम काम समेत गर्न नसकेको बताउनुभयो । यस अवधिमा पार्टीले गति लिन नसकेको भन्दै उहाँले पार्टीलाई गतिशिल बनाउनका लागि नेतृत्व परिवर्तनको आवश्यकता भएकाले आफु सभापतिको उम्मेदवार बनेको बताउनुभयो ।

प्रकाशमान सिंहको प्यानलबाट नेपाली कांग्रेसकी नेतृ सुजाता कोईराला उपसभापतिमा उठ्ने घोषणा गरिएको छ । सिंहको प्यानलबाट अन्य नेताहरुलाई पनि उठाउने सम्बन्धमा छलफल चलिरहेकाले देशभरका मानिसहरुको प्रतिनिधित्व हुनेगरी प्यानल बनाइने बताइएको छ ।