राजनीति

सिंहको प्यानलबाट सुजाताको उपसभापतिमा उम्मेदवारीको घोषणा


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी प्रकाशमान सिंहको प्यानलबाट सुजाता कोइराला उपसभापतिमा उठ्ने भएकी छन् । महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर उनले सिंहको टिमबाट उपसभापतिमा कोइरालाले उम्मेदवारी घोषणा गरेकी हुन् ।

मनोनयन दर्ता प्रक्रियाकै क्रममा सिंहले पनि सभापतिकमा उम्मेदवारी घोषणा गरेका छन् । सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् ।
अहिले पनि कार्यक्रम भइरहेको छ । नेता सिंहले सम्बोधन गरिरहेका छन् ।