राजनीति

सहमहामन्त्री पदमा अहिलेसम्म ३ जनाद्वारा उम्मेदवारी दर्ता


काठमाडौँ — नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आगामी नेतृत्व चयनका लागि अहिले काठमाडौँको भृकुटीमण्डपमा उम्मेदवारी दर्ता गर्ने जारी छ।

१४औं महाधिवेशनअन्तर्गत पार्टीको नेतृत्वमा पुग्न यतिबेला उम्मेदवार नेताहरूले एकपछि अर्को उम्मेदवारी दर्ता गराइरहेका छन् । यसै क्रममा सहमहामन्त्री पदमा अहिलेसम्म ३ जना उम्मेदवारी दर्ता गराइसकेको निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन समितिका अनुसार सहमहामन्त्री पदमा अहिलेसम्म दलिततर्फ मानबहादुर विश्वकर्मा, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । विश्वकर्मा र मन्सुर संस्थापन तथा, पाण्डे इतर समूहका उम्मेदवार हुन् ।