राजनीति

राजनीतिबाटै अलग हुने रामचन्द्र पौडेलको संकेत

मनोनयन दर्ता नगराउने, मत हाल्न नजाने....


काठमाडौँ — नेपाली कांग्रेसको महाधिवेशनमा संस्थापन इतर पक्षको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न नसकिरहेको बेला वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिबाट अलग हुने संकेत देखाएका छन् ।

कांग्रेस स्रोतका अनुसार पौडेल आफ्नो समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुने तयारीमा थिए । पौडेलको नाममा सहमति जुट्न नसकिरहेको बेला पौडेलले मनोनयन दर्ता नगराउने, मतदान गर्न पनि नजाने र आजै एक विज्ञप्ति जारी गर्दैै महाधिवेशनबाट अलग हुने जनाएका छन् ।

संस्थापन पक्षबाट सभापतिको उम्मेदवार शेरबहादुर देउवा र उनकै गुटका विमलेन्द्र निधिले उम्मेदावरी दिने तय छ । यता संस्थापन इतर समूहले यसअघि नै पत्रकार सम्मेलनमार्फत सभापतिको साझा उम्मेदवार अगाडि सार्ने बताएको थियो ।

पौडेलको नाममा महामन्त्री डा. शशांक कोइराला, नेता शेखर कोइरालसमेतले सहमति जनाइ सक्दा पनि प्रकाशमान सिंहले दावी नछाडेपछि यो समूहको रस्साकस्सी बढेको छ ।