राजनीति

महामन्त्री पदमा उम्मेदवारी दिँदै विश्वप्रकाश शर्मा


काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी कार्यकालका लागि महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।

काठडमाडौँको भृकुटीमण्डमा जारी १४औं महाधिवेशनमा प्रवक्ता शर्माले संस्थापनबाट आधिकारिक उम्मेदवार नभए पनि महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्न लागेका हुन् । आज दिउँसो २ बजे दलबलका साथ उम्मेदवारी दर्ता गराउने तयारी रहेको उनीनिकट स्रोतले जनाएको छ। स्रोतका अनुसार वाल्मीकिबाट र्याली निकाल्ने तयारी छ ।

उनी शेखर कोइरालाको समूहबाट उम्मेदवार बन्ने चर्चा छ । तर यसको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।