राजनीति

कल्याण गुरुङद्वारा सभापति पदमा उम्मेदवारी दर्ता


काठमाडौँ — नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा कांग्रेस नेता कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

गुरुङले १० बजेर ४५ मिनेटमा जाँदा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् ।

गुरुङले भने- ‘परिवर्तन न्याय र समानताका लागि मैले उम्मेदवारी दर्ता गरेका हुँ । युवा पुस्ताको प्रतिनिधित्वका रुपमा मेरो उम्मेदवारी हो ।’ हालसम्म कसैको टीम नबनेको कारण आफूले पनि एक्लै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ । कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने उनको भनाइ छ ।