राजनीति

सभापति पदमा उम्मेदवारी घोषणा गर्दै प्रकाशमान


काठमाडौँ — नेपाली कांग्रेस इतर समूहका नेता प्रकाशनमान सिंहले पार्टीको जारी महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्दै छन् ।

पौडेल समूहमा रहेका नेता सिंहले अहिले यलम्बर पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्न लागेका हुन् । सिंहको प्यानलबाट सुजाता कोइराला उपसभापतिमा उठ्ने सिंह निकट स्रोतले जनाएको छ । सिंहको प्यानलबाट काठमाडौँकी उपमेयर हरिप्रभा खड्गी पनि केन्द्रीय सदस्य पदमा उठ्ने भएकी छन् ।