राजनीति

राजनीतिबाट भ्रष्टाचार हट्नुपर्छ, पैसा बाँडेर चुनाव जित्ने कुरा अन्त्य हुनुपर्छ : रामचन्द्र पौडेल (भिडियोसहित)


काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक लोकतन्त्रलाई बलियो र संस्थागत गरेर लैजान सकिएमा मात्र कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सकिने बताएका छन् ।

पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेता तथा कार्यकर्तामा लोकतान्त्रिक आदर्श, निष्ठा र नैतिक शक्ति अभिवृद्धि गरी स्वच्छ निर्वाचन र प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।

वरिष्ठ नेता पाौडेलले भने, ‘के कारण कम्युनिष्टभन्दा कांग्रेसमा कमजोरी र पछाडि प¥यो त्यसको समीक्षा गरिनुपर्छ। निमुखाको न्याय हराएको छ, पार्टीमा भ्रष्टाचार, अनुशासन र नैतिकता कायम गर्न आवश्यक छ ।’