राजनीति

पौडेल पक्षका नेताहरू बोहराटारमा


काठमाडौँ — काठमाडौँमा जारी पार्टीको चौधौं महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता सुरु हुन एक/डेढ घण्टा मात्र बाँकी हुँदा पनि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षले आफ्ना तर्फबाट एक मात्र सभापतिको उम्मेदवार बनाउने विषयमा सहमति जुटाउन सकेको छैन । तर प्रयास जारी राखेको छ ।

यही विषयमा छलफल गर्न अहिले बिहान पौडेल निवास (बोहराटार) मा पौडेल पक्षका केन्द्रीय सदस्यहरूबीच बैठक हुँदै छ । बैठकका लागि नेताहरू बोहराटार पुग्ने क्रम चलिरहेको पौडेल पक्षबाट सहमहामन्त्रीका उम्मेदवार बद्री पाण्डेले जानकारी दिए ।