राजनीति

बुढो काँग्रेस र तरुण काँग्रेसको प्रतिस्पर्धा, कसलाई चाहन्छन् सभापति ? (भिडियोसहित)


काठमाडौँ — नेपालका मुख्य राजनीतिक दलहरु महाधिवेशनमा होमिएसँगै राजनीतिमा फेरि उमेरको बहससतहमा आएको छ । पटकपटक नै व्यक्ति उनै उनै पदमा दोहारीन थालेपछि युवाहरु अघि आउन सकेका छैनन् भने दलहरुबाट आश गर्ने ठाउँ पनि हराउँदै गएको छ ।

संविधानको व्यवस्था र दलको विधानमा ७० वर्ष पुगेपछि पार्टी र सरकारका मुख्य पदमा उठ्न नपाउने व्यवस्थाछ । जुन लागू गर्न सके पटकपटक उही व्यक्ति उही पदमा दोहोरिन परम्परा अन्त्य मात्रै होइन, नयाँ पुस्तालाई समेत अघि बढ्नबाटो खुल्नेछ ।