राजनीति

पौडेल समूह साझा उमेदवार तय गर्न असफल


काठमाडौँ – संस्थापनइतर समूह फेरि पनि साझा उमेदवार तय गर्न असफल भएको छ । शुक्रबार साँझ महाधिवेशनको उद्घाटन समारोह सकिएपछि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको भेला साझा उमेदवार तय गर्न असफल भएको हो ।

कुरा नमिल्ने देखिएपछि प्रकाशमान सिंह बैठकस्थलबाट बाहिरिएका छन् ।

शेखर कोइराला र डा. शशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएपनि सिंहले अडान नछोडेपछि साझा उमेदवार तय गर्न पौडेल समूहलाई सकस परेको छ ।