समाचार

सिनेटको निर्णय विरुद्ध सडक संघर्षमा विद्यार्थी संगठन : मंसिर १४ को निर्णय तत्काल खारेज गर्न माग (भिडियोसहित)


काठमाडौँ — गत मंसिर १४ गते त्रि.वि सभाले करार शिक्षकहरुलाई विशेष आन्तरिक खुला प्रतिस्पर्धाबाट स्थायी गराउने निर्णय गरे पछि यहाँ अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका छन् । राजनीतिक प्रभावका कारण त्रीविको शिक्षा क्षेत्रमा बारम्बार असहज स्थिति पैदा हुने गरेको छ । अध्ययनको वातावरण खलबलीने गरेको छ ।

गत मंसिर १४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रि.वि सभा बैठकले करार सेवामा कार्यरत शिक्षकहरु लक्षित गर्दै विशेष आन्तरिक खुला प्रतियोगिता गर्ने निर्णय ग¥यो । त्रि.वि सभाको उतm निर्णयका विरोध गर्दै प्रमुख प्रतिपक्ष एमाले र सत्तागठबन्धनमा आबद्ध विद्यार्थी संगठनहरु आन्दोलित बने । विद्यार्थीहरु मात्र होइन आंशिक शिक्षकहरु पनि आन्दोलित छन । शैक्षिक वातावरण खलबलीएका कारण मंसिर १६ यता त्रिभुवन विश्वविद्यालयको नियमित कामकारवाहिपनि प्रभावित बनेको छ । विद्यार्थीहरुको आन्दोलनपछि वार्ता मार्फत समस्याको समाधान गर्न पाँच सदस्यीय समिति बनाईएको छ । समितिले सर्वपक्षीय सहमतिबाट समस्याको समधान खोज्न निरन्तर छलफल जारी रहेको जनाएको छ ।

विश्वविद्यालय र आन्दोलित विद्यार्थी संगठन चरणवद्ध छलफलमा छन । पद र शक्तिका आधारमा विश्वविद्यालय प्रवेश गरेका शिक्षकहरु स्थायी गर्ने प्रवृत्तिले दक्षजनशतिm पलायन हुने उनीहरुको तर्क छ ।आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने यस्ता प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने विद्यार्थीहरुको भनाई छ । तत्काल त्रि.वि मा रितm रहेका पदहरुका लागि दरखास्त खुलाउनु पर्ने उनीहरुको माग छ ।

यता करार सेवामा कार्यरत शिक्षक संगठनले विद्यार्थीहरुको आन्दोलन र आरोपको खण्डन गरेका छन । सरकारले स्वत नभई आन्तरिक प्रतिस्पर्धा गरी पास हुनेहरुलाई मात्र स्थायी गर्न लागेको उनीहरुको भनाई छ । उनीहरुको दक्षमा प्रश्न उठाइरहन जरुरी नरहेको उनीहरु बताउँछन ।

त्रि–भुवन विश्व विद्यालयमा हाल ४ सयको हाराहारीमा करार शिक्षकहरु कार्यरत छन । करार शिक्षकहरु आन्तरिक खुला प्रतिस्पर्धाको पक्षमा छन भने अर्कोतर्फ आंशिक शिक्षकहरु पनि करार नियुतmीको माग गर्दै आन्दोलित छन । योग्यता र क्षमताभन्दा पनि राजनीतिक भागबन्डाबाट शिक्षाक्षेत्र अछुतो छैन ।

त्रि–भुवन विश्वविद्यालय आम नेपाली विद्यार्थीका लागि मात्र नभई बाह्य मुलुकका विद्यार्थीका लागि पनि उच्च शिक्षाको महत्वपूर्ण गन्तव्य हो । तर विडम्बना उच्च शिक्षाको केन्द्रविन्दु त्रि–भुवन विश्वविद्यालय मातहतमा अध्ययन र अध्यायपन भन्दा धेरै आन्दोलन र राजनीति हुने गर्छ ।विवादलाई शिघ्र समाधान दिई अध्ययनको वातावरण तयार पार्न जरुरी छ ।