राजनीति

शशांक कोइरालाले भने – धर्म निरपेक्षता शब्द ठीक होइन, धर्म स्वतन्त्र हुन्छ


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्म निरपेक्षता शब्द ठीक नभएको बताउनुभएको छ । पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संविधानमा केही त्रुटि भएको पनि बताउनुभयो ।

संविधानमा भएका केही त्रुटिलाई परिर्वतन गर्दै जान सकिने भन्दै उहाँले भन्नुभयो, ‘मेरो व्यक्तिगत धारणा भन्न चाहन्छु, धर्म निरपेक्षता शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन, न सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’