राजनीति

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुन्छ


काठमाडौँ – स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभएको छ

। सदरमुकाम खाँदबारीमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी गरिरहेको बताउनुभएको हो । राज्यको खर्च कम गराउन देशैभर एकै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिसेको थपलियाले जानकारी गराउनुभयो ।

निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताउनुभयो ।